⇑⇑भिडियो हेर्न माथिको बक्समा क्लीक गरी एड हटाउनुहोस।⇑⇑
बहादुर विष्णु श्रेष्ठ जसले भारतको रेलमा एउटा खुकुरीको सहेताले एकलैले ४० गुण्डालाई धुलोपिठो पारे
चीनले कहाँ प्रयोग गर्छ यति धेरै सिमेन्ट
चीनले सन् २०११ र २०१३ का बीचमा अमेरिकाले सम्पूर्ण बीसौँ शताब्दीमा प्रयोग गरेको बराबर सिमेन्ट प्रयोग गर्यो । यो तथ्य आफैमा अद्भूत हो । चीनको जनसङ्ख्या अमेरिकाको भन्दा चार गुणा बढी छ र पछिल्ला केही वर्ष चीनले अद्भूत विकास गरेको छ, तर बीसौँ शताब्दी अमेरिकाको व्यापक विस्तारको समय थियो । यही शताब्दीमै अमेरिकाले लगभग आफ्नो अधिकांश सडकहरू, पुलहरू, अन्तरप्रादेशिक राजमार्ग तथा विश्वमै ठूलठूला गनिने गगनचुम्मी भवनको निर्माण सम्पन्न गरेको हो । फेरि चीन र अमेरिका भौगोलिक रूपमा लगभग उत्रै छन् ।यो तथ्याङ्क अद्भूत लाग्छ तर सरकारी र औद्योगिक स्रोतहरू अनुसार यो सही छ । यी सूचनाहरूमा एक पटक निगरानी राख्ने हो भने तिनको आश्चर्यजनक रूपमा चित्तबुझ्दो व्याख्या छन् र तिनले यी दुई देशको अनौठो, फरक र चीनका केही अनिष्टकारी यथार्थ देखाउँछ ।
इतिहासकार भ्याक्लाभ स्मिलले सिमेन्टलाई आकारको हिसाबमा हाम्रो सभ्यताको सबैभन्दा महत्वपूर्ण पदार्थ बताएका छन् । स्मिलले आफ्नो अनुमान अमेरिकी सरकारको भूगर्भ सर्भेबाट लिएका हुन् ।