Latest Updates :

चीनले बनायो ६ हजार किलोमिटर प्रतिघन्टा उड्ने हाइपरसोनिक विमान

SHARE THIS POST :
काठमाडौं/ चीनले एउटा हाइपरसोनिक जेट बनाएको छ । यो जेट ६ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्छ ।

चीनका अनुसन्धानकर्ताहरूले दाबी गरेअनुसार, यो जेटको गति आवाजको गतिभन्दा पाँच गुणा तेज छ । चाइनिज एकेडमी अफ सायन्सेजले यो जेट प्लेनले यात्रु र सरसामानलाई बेइजिङट न्युयोर्क जम्मा दुई घन्टामा पु–याउन सक्ने बताएको छ । अहिले बेइजिङबाट न्युयोर्कसम्मको यात्रामा १३ घण्टा लाग्छ ।

अनुसन्धानकर्ताको टोलीको नेतृत्व गर्ने स्वै कायले हाइपरसोनिक स्पीडयुक्त यो जेटले यात्रा अवधि निकै छोट्ट्याउने बताए ।

यो जेटको नमूनालाई पहिला एउटा हवाई सुरुङमा परीक्षण गरिएको उनले बताए । त्यसमा आठ हजार ६०० किलोमिटर प्रतिघन्टा रेकर्ड गरिएको छ ।

कन्कर्ड विमानको स्पीडसँग यसलाई तुलना गर्दा कन्कर्डको सबभन्दा तीव्र गति दुई हजार १७९ किलोमिटर प्रतिघन्टा थियो । यो जेटमा पखेटाका दुई पत्र हुन्छन् जसले उग्रतालाई कम गर्छ ।


तर यो हाइपरसोनिक जेटको यात्रा एकदम महंगो छ । अनुसन्धान टोलीको एक वरिष्ठ सदस्यका अनुसार, जेटबाट यात्रा गर्दा एकतर्फी यात्राको भाडा लगभग २६ लाख रुपैयाँ पर्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger