महिनावारी भएको बेलामा पनि उसले मलाई छोडेन के केटा मान्छे यौन पिपासु नै हुन्छन् ?
नेपाली भाषा साहित्यमा एकाएक अराजक पुरुषवादी भए । नेपालमा वाद अँगाल्नु भनेको पाखण्ड देखाउनु हो भन्ने चर्चित साहित्यकार कृष्ण धारावासीले पनि देखाए ।
राजनीति गर्नेहरुले माक्र्सवाद, लेनिनवाद, माओवाद, समाजवाद, उदारवाद, पूँजीवादका नारा घन्काएर व्यक्तिवाद पोषण गरेजस्तै धारासावीले अब मैले जे पस्किए पनि हिट हुन्छ भन्ने ठाने ।
पुरुषको पक्षमा लेख्नु त ठीकै हो, तर जसरी महिलालाई पाताल पुर्याए लेखियो त्यो घोर आपत्तिजनक भन्दै टिप्पणी भए । यसको खण्डनमा धाराबासीको अर्को लामो लेख पक्कै आउनेछ र उनले समाजले आफ्नो यथार्थ कुरा पचाउन नसकेको भन्दै आगो ओकल्नेछन् । तर, उनले बुझ्नुपर्ने कुरा के हो भने नेपाली समाजको एउटा ठूलो हिस्साा सेत युवावर्ग, जो संसारका हरेक कुनामा पुगेका छन् उनीहरुको चेतनाको स्तर नापेर मात्रै आफ्ना मनोगत कुरा पस्कनु वेश होला ।
धारावासीले लेखमा महिला मात्र पीडित छैनन, पुरुष पनि पीडित छन् भन्ने देखाउन खोजेका हुन्, यसमा केही सत्यता छ , तर उनले लेखे जस्तै छ त नेपाली समाज । उनीहरु जस्ता साहित्यकारले चर्चामा आउनकै लागि लेख्ने साहित्यमा बुनिएको जस्तो पनि छैन नेपाली समाज । कलाकारको चित्र, राजनीतिकर्मीको भाषण र साहित्यकारको सिर्जनाले कति वास्तविकता बोकेको हुन्छ भन्ने सबैलाई थाहै छ ।
धारावासीको उक्त लेखमाथि नागरिक दैनिकमा भएका टिप्पणीहरु
एउटा सन्दर्भ- ‘हरेक विहान बुहारीका कोठा(आफ्नो कोठा ?)बाट थकित भएर बाथरुम छिरेको छोराले रातभरि कति दुःख पायो होला भनेर कुनै आमाले कल्पना गर्छन? उनीहरु त बुहारीको पेट बढेको देखेपछि छोरालाई पुलुक्क हेरेर हाँस्छन् मात्र’।
बहुविवाहको प्रसंगमा उनले लेखेका छन्, ‘कुनै पुरुषले बहुविवाह गर्दा उसंग घरमा स्वास्नी हुँदाहुँदै बिहे गरेर अर्की स्वास्नी हुन आउने महिलाको कुनै दोष हुँदैन? तिनले अनेक आकर्षक आश्वासन, नखरा वा प्रेमको नाटक नगरी कुनै पुरुष तिनका नजीक पुग्ला?’ अर्को —’जीवनभरि अत्यन्त कठोर परिश्रम गरेर खाइनखाई जोडेको सम्पति आफ्नो कुनै लगानीबिनै स्वास्नी भएको कानूनी आधारका कारण आधा चर्लक्कै छुट्याएर लिएर गइरहेकी महिलालाई पछाडिबाट हेरिरहेको छैन हाम्रो समाज?’
त्यस्तै ‘एक उत्तेजनाबाट सिथिल भएको पुरुष अर्कोपल्ट तत्कालै संभोगका निम्ति तयार नभएको अवस्थामा उसमाथि महिला साथीबाट हुने अत्याचार सामान्यतया बाहिरै आउँदैन।’
सबैभन्दा आपत्तिजनक छ, ‘महिलाले चाहनेवित्तिकै कानूनले छुट्याइदिने, तर पुरुषले चाहेमा छुट्टिनै नसकिने कानून बनेपछि त्यो महिलाबाट मुक्त हुन पुरुषले तिनलाई मन्द विष खुवाएर, दुर्घटनामा पारेर, घाँटी थिचेर, आत्महत्याको विधि प्रमाणित गराएर भएपनि मारेर मुक्ति लिनु परेन? के पुरुषलाई सामाजिक र कानुनी रुपमै अत्याचारी बन्न बाध्य पारेको छैन?’
धरावासीका अनुसार रातभरको यौनसम्पर्क छोराचाहिं अर्थात पतिका लागि अत्यन्त कष्टपूर्ण काम हो। के यस्तो साँचिकै हो? के हरेक पतिले पत्नीलाई गर्भवती बनाईदिनकै लागि पत्नीचाहिंको अस्वाभाविक मागकै कारण रातभरि सकी–नसकी यौनसम्पर्क गरिरहने हुन्?
एउटी नेपाली पत्नी गर्भवती हुनुमा उसको लोग्नेको ‘दुःख’ ठूलो हुन्छ कि गर्भवती हुन नसकेकामा उसले भोग्ने सामाजिक–पारिवारिक लान्छना? अझै आमाले रातभरिको छोराको दुःख थाहा नपाउने, बुहारीको बढेको पेट देखेर हाँस्ने भन्ने उनको हरफको वैज्ञानिक आधार के हो? एक रातमा कतिपटक यौनसम्पर्क गरेपछि गर्भ रहने हो?
यो सम्पूर्ण नेपाली छोराहरुको कथा हो कि धराबासीको व्यक्तिगत अनुभव मात्रै हो? के नेपाली महिला यौनको मामलामा त्यति धेरै ‘डिमाण्डिङ’ बनिसकेका हुन्? के यौनको मामलामा नेपाली पुरुष साँच्चिकै पीडित हुन थालेको सामाजिक अवस्थाको शुरुआत भइसकेको हो? त्यसो भए नेपालमा महिलामाथिको वैवाहिक बलात्कारको कानूनी व्यवस्था अब खारेज गरिनुपर्ने बेला आइसकेको हो?