राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् ।कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा ।
दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने काम मात्रै गर्दैनन्, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् । प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । ‘उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा कैयौँ गुणा नाफा कुम्ल्याउँछन्,’ डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन् ।
‘हिरोइन मिलाइदिन्छु’ भन्दै ठग्ने ‘गाइड’
क्यानडाबाट आएका मनोज गौतम एक साँझ ठमेलको डान्सबारमा रमाइलो गरेर बाहिर निस्केका थिए । उनलाई दलाल सञ्जीव बोहोराले ‘नाम चलेको हिरोइन मिलाइदिने’ कुरा गरे । आफूलाई गाइड बताउने उनले मनोजलाई ठमेलबाट दरबारमार्ग पु¥याए । जहाँ हिरोइनसम्म पुयाइदिने दाबी गर्ने दलालहरू चाहेजति भेटिन्छन् । सञ्जीवको सम्पर्क ट्याक्सी चालक अनिल तामाङसँग थियो ।
अनिलसँग मनोजको बार्गेनिङ चल्यो । फलानो नाम गरेको हिरोइनसँग रात बिताउने व्यवस्था मिलाइदिने र त्यसबापत ३५ हजार रुपैयाँ खर्च लाग्ने अनिलले बताए । गौतम हौसिएर ‘३५ किन ? ४० दिन्छु’ भन्दै ट्याक्सी चढिहाले । अनिल र सञ्जीवले उनलाई ट्याक्सी चढाएर गौशाला र एयरपोर्टतिर घुमाए ।
हिरोइनलाई होटलमै ल्याइदिन्छु’ भन्ने आश्वासन दिएर मनोजलाई सिनामंगलको एउटा होटलको कोठामा पुर्याए । अनिलले आफ्नो सम्पर्कमा भएका दुईजना केटी बोलाए, जो आकर्षक चालढालका थिए र आफूलाई मोडल बताउँथे । अनिलले ‘हिरोइन आउने बेलासम्म यिनै मोडलसँग रमाइलो गरौँ’ भने । कथित मोडलहरूसँग रमाइलो गर्दागर्दै गौतम बेहोस भए । बेहोसी उत्रिँदा मात्र उनले आफू लुटिएको पत्तो पाए । हिरोइनलाई खर्च गर्न भनेर साटेको सात सय यूएस डलर, महँगो मोबाइललगायत चिजबिज स्वाहा भइसकेका थिए ।