Latest Updates :

दाइजो नल्याएको भन्दै आफ्नै बुहारीलाई भुत्ताल्दै घर निकाला !! सक्दो शेयर गर्नुस्

SHARE THIS POST :
उर्लाबारी ः देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् । सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी–२ भुसीकी गीता पौडेल घर निकाला भएकी हुन् । १८ वर्षीय गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुरलगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान्ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए । पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् । उनले आफूलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन् ।

उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger