२२ फागुन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट ठगी भएको घटनादेखि लिएर गोप्य तस्वीरहरु सार्वजनिक हुँदा उठिवास लागेको विषय अब नेपाली समाजमा नौला रहेनन् ।
तर, बुधबार प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले उब्जाएको एउटा फरक अपराधको रहस्योद्घाटन गरेको छ । फेसबुकको ‘ग्रुप’बाट सुरु भएको विवादले कक्षा १० मा पढ्ने एक विद्यार्थीको हत्या भएको रहस्य सार्वजनिक भएको हो ।
हिमालय बोर्डिङ स्कुलमा पढ्ने १६ वर्षीय कुमार सूचिकारकाे साथीहरुबाट हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, बालाजुका प्रमुख डीएसपी विश्वराज थापा भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट देखिएको अपराधको यो नौलो रुप हो ।’
सामाजिक सञ्जालले मानिसहरुलाई कति क्रुर बनाइरहेको छ भन्ने कुरा यो घटनाले देखाएको उनको भनाइ छ ।
हत्यामा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन् । पक्राउ परेका सबै १६ देखि २० वर्षका छन् ।
पक्राउ पर्नेमा तारकेश्वर-४, पुरानो गुहेश्वरकासुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन र विब्बी पुतुवार, नुवाकोटको सूर्यगढी घर भइ शेषमती बस्दै आएका आइसिंह तामाङ, सोलुखुम्बुको साल्मे घर भइ शेषमती बस्दै आएका राजन मगर र दोलखा घर भइ नयाँ बसपार्क बस्दै आएका पेमा गेल्जे शेर्पा छन् ।
पक्राउ परेकी अर्की एक युवतीको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
फेसबुक ग्रुपबाट एड्मिनलाई हटाउँदा…
विद्यालयमा सँगै पढ्ने सहपाठी र अन्य साथीभाई मिलेर फेसबुक म्यासेन्जरमा एउटा ‘ग्रुप च्याटिङ’ समूह बनाएका थिए । जसको नाम हो, गुहृयेश्वरी केजी ।
त्यहाँ साथीभाईबीचमा नियमित संवाद हुने गरेको थियो । उनीहरुकै समूहभित्रका सदस्यसँग परिचित एक युवकले फेसबुक आईडी बनाएका थिए, डेभिल नाममा । जुन एकाउन्टबाट ती युवक गुहृयेश्वरी केजी ग्रुपमा इन्ट्री भए ।
त्यहाँ जोडिएको केही समयपछि उनी ग्रुपका अन्य सदस्यहरुलाई ‘रिमुभ’ गर्न थाले । र, नयाँ सदस्यहरु जोड्न थाले ।
उनले के उद्देश्यले त्यहाँ रहेका अन्य साथीहरुलाई रिमुभ गरे भन्ने बारे प्रहरीले खुलाएको छैन । यद्यपि, ग्रुपबाट रिमुभ गरिएकाहरु भने समूहका एड्मिन भएको खुलेको छ । जसले च्याटिङ ग्रुप बनायो, त्यसैलाई हटाएपछि उनीहरु रिसले चुर भए र, डेभिल नामक त्यस एकाउन्ट कसको भन्ने बारे खोजी गर्न थाले ।
त्यसै क्रममा उनीहरुले त्यो आईडी कुमारको भएको सूचना पाए । र, बद्ला लिने योजना बुन्न थाले ।
सोही अनुरुप एक जना युवतीले २६ माघको साँझमा कुमारलाई तारकेश्वर-४, फूलबारीमा बोलाइन् । त्यहाँ भेट्ने वित्तिकै ग्रुपका ९ सदस्यहरुले उनलाई कुटपिट गर्न थाले ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनमाथि रड प्रहार गर्न थालियो, जसबाट कुमार सक्त घाइते भए ।
उनीहरु त्यहाँबाट भागे । कुमार भने अर्धचेत अवस्थामा सडक किनारमा लडिरहे ।
बन्द हुन लागेको मुद्दामा जब ट्वीस्ट आयो
कुमारमाथि कुटपिट भएको भोलिपल्ट बिहान २८ माघमा महानगरीय प्रहरी वृत, गौशालालाई एउटा सूचना अायो, ‘फूलबारी गेटस्थित गोलढुंगातर्फ जाने सडकको किनारामा एक व्यक्ति लडिरहेका छन् ।’
लगत्तै, प्रहरीको मोबाइल टोली त्यहाँ पुग्यो । घटनास्थलमा पुग्दा युवकको शरीर घोप्टो परेको अवस्थामा थियो ।
उठाउँदा उनी अचेत अवस्थमा रहेको खुल्यो । र, तत्काल वीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याइयो । उनको टाउकोको भित्री भागमा गम्भीर चोट लागेको रहेछ ।
चिकित्सकहरुले उनको शल्यक्रिया समेत गरे । यद्यपि, बचाउन सकेनन् । तेस्रो दिन दिउँसो १ः४० बजे चिकित्सकहरुले कुमारको मृत्यु भएको घोषणा गरे ।
त्यसवेलासम्म कुमारको पहिचान हुन सकेको थिएन । उनी अर्धचेत अवस्थामा फेला परेकै दिन फेसबुकमा प्रहरीले फोटो हालेर आफन्तको खोजी गरेको थियो ।
तर, त्यो सम्बन्धित व्यक्तिसम्म पुग्न सकेन । त्यसबीचमा कुमारको अभिभावक छोरा हराएको भन्दै प्रहरीमा नपुगेको पनि होइन ।
प्रहरीले मुचुल्का गरेको विवरण र उनीहरुले दिएको विवरण मेल नखाँदा कुमार ‘वेवारिशे’ नै रहे । प्रहरीको मुचुल्कामा ‘अन्दाजी १९/२० वर्षको पुरुष’ भनिएको थियो । तर, आफन्तले ‘कक्षा १० मा अध्ययरत १६ वर्षीय विद्यार्थी’ भनेका थिए ।
चिकित्सकहरुले भने शव उठाउन प्रहरीलाई पटकपटक आग्रह गरिरहेका थिए । प्रहरीले भने शवको पहिचान नहुँदा तनावमा थियो ।
त्यसैबीच, कुमारका आफन्तले १ फागुनमा महानगरीय प्रहरी आयुक्तको कार्यालयमा छोरा हराएको बारे जानकारी गराए । मेट्रो प्रहरीले अनुसन्धान थाल्यो । मातहतको प्रहरी इकाइहरुमा पत्रचार गर्दा पनि केही पत्ता लागेको थिएन ।
तर, जब प्रहरीले कुमारले प्रयोग गरेको मोबाइलको आईएमईआई नम्बर ट्रेस गर्यो, तब थाहा भयो, त्यो वेवारिशे शव कुमारकै रहेछ । त्यसपछि प्रहरीको अनुसन्धानको कोण नै बद्लियो ।
१० घण्टाभित्रमा ८ जना पक्राउ परे । अर्को दिन थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
अनुसन्धानपछि नयाँ ट्वीस्ट- डेभिल कुमार होइनन्
जिल्ला अदालत, काठमाडौंबाट म्याद थपेर प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ । तर, घटनामा अहिले नयाँ ट्वीस्ट आएको छ ।
डीएसपी थापाका अनुसार त्यसरी ग्रुपमा छिरेर अन्य सदस्यलाई हटाउने व्यक्ति कुमार थिएनन् । ‘उनको पनि डेभिल नाममा आईडी भए पनि त्यसरी ग्रुपबाट हटाउने व्यक्ति कुमार नभएको खुलेको छ’, थापाले भने, ‘गलत सूचना पाउँदा उनीहरुले कुमारको हत्या गरे ।’
थापाले थपे, ‘डेभिल नामकै आईडीबाट अर्कै व्यक्तिले उनीहरुलाई रिमुभ गरेका थिए । तर, आईडीको नाम एउटै हुँदा उनीहरुले थप सोधीखोजी नगरी कुटपिट गर्दा कुमारको मृत्यु भयो ।’
It has been nine years since Liverpool reached the last eight of the Champions League and, at a time when a memorable decade for the club in Europe was coming to a close, the road back under four managers has been a long one.
Jurgen Klopp’s side have finally arrived, although this was not one of those remarkable European nights, or certainly nothing like the corresponding game in 2009 when they beat Real Madrid by four goals at Anfield to complete another 5-0 aggregate win and booked a quarter-final against Chelsea.
The hard work had already been done in Portugal and they were up against a Porto team that did not know whether to sit back or attack and ended up doing neither.