Latest Updates :

यिनै हुन ती नागिन आमा, जसले आफ्नै छोरालाई आइरनले डामी रहन्थिन

SHARE THIS POST :
अन्नपूर्ण बोर्डिङ स्कूल, विराटनगरमा युकेजीमा अध्ययनरत एक बालक सधैँजसो विद्यालय ढिला गरी आउँथे । मंगलवार  पनि   उनी विद्यालय आइपुग्न ढिलै भयो । विद्यालयकी शिक्षिकाले उनीसँग ढिला आउनुको कारण सोधिन् । त्यसपछि जब ती बालकले आफ्नो शरीरको आलो घाउ देखाए, तब शिक्षिकाको होस उँड्यो । ती बालकको शरीरभरी तातो आइरनले डामेको निसान थियो ।

खासमा उनलाई यसरी यातना दिने अरु कोही नभएर उनकी आमा सरला काफ्ले थिइन् ।

आमाबाट उनले यातना पाएको यो पहिलोपटक थिएन, त्यसअघि उनले यातना पाउने गरेका थिए । विद्यालयले ती आमालाई छोरा नकुट्न पटक-पटक आग्रह पनि गर्‍यो, तर उनले कहिल्यै मानिनन् ।

पटक-पटकको आग्रहलाई बेवास्ता गर्दै छोरालाई यातना दिन नछाडेपछि विद्यालय विराटनगर- ३ की सरला काफ्लेविरुद्ध प्रहरी प्रशासन गुहार्ने निष्कर्षमा पुग्यो ।

तातो आइरनले पोलेको घाउ बच्चाले देखाएपछि आफूहरू सहन नसकेर बच्चाका बाबु र प्रहरी प्रशासनलाई खबर गरेको विद्यालयका प्रिन्सिपल अमिस रेग्मीले बताए ।

छिमेकीले बच्चा नकुट्न आग्रह गरेपनि उनले झनै बढी यातना दिन थालेकी थिइन् ।

श्रीमान/श्रीमतीबीच आपसी झगडाको रिस उनले छोरामाथि पोख्ने गरेको छिमेकी सीता अर्याल बताउँछिन् । उनका श्रीमा विक्रम काफ्ले काठमाडौंमा बस्छन् ।

बुढा भएका बाबुआमालाई पनि श्रीमतीले यातना दिएपछि उनले काठमाडौंमा आफूसँगै राखेका छन् । ‘बुढा भएका बाबुआमालाई सरलाले यातना दिएपछि काठमाडौं लगेँ, छोरोसँगै थियो, यस्तो भएछ,’ उनले भने ।

आमाबुबालाई यातना दिने, झै-झगडा गर्ने गरेका कारण आफूहरू छुट्टै बस्न थालेको र सम्बन्धविच्छेदका लागि मुद्दासमेत हालेको उनले बताए । अदालतमा १८ गते तारिख रहेको बताउँदै उनले त्यतिञ्जेल बच्चा आफूसँगै राख्ने अनुमति दिन प्रहरीलाई अनुरोधसमेत गरे ।

उनको आग्रह स्वीकार्दै प्रहरीले ती बालकलाई बाबुको जिम्मा लगाएको छ । आमा सरलालाई भने हिरासतमा राखिएको छ ।

हेर्नुस् केही तस्वीरहरु:

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger