काठमाडौं । खाडी मुलुक कतारमा पक्राउ परेका ‘सिरियल किलर’ सकिल हुसेनले पैसाको लेनदेनकै कारण सप्तरी र सुनसरीमा आठ जनाको ज्यान लिएको तथ्य फेला परेको आजको कान्तिपुरमा समाचार प्रकाशित छ । उनले आफ्नै श्रीमती र सासू–ससुराको पनि ज्यान लिएको मुद्दा प्रहरीमा दर्ता छ ।
सप्तरीको टिकुलिया गाविस–७ घर भई कुसहा गाविस–६ बसिरहेका हुसेनलाई कतारमा इन्टरपोलले यसै साता पक्राउ गरेको उल्लेख गरेको छ । ‘सिरियल किलर’ सकिलले भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रइस मियाँसहित मिलेर सप्तरी र सुनसरीमा हत्याको शृंखला नै चलाएको प्रहरीको भनाइ छ ।
शृंखलाबद्ध हत्याका आरोपी सकिल प्रहरीलाई छक्याउँदै कतार पुगेपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गरिएको छ । उनका साथी भारतीय नागरिक रइसलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा केही महिनाअघि त्रिभुवन विमानस्थलवाट प्रहरीले पक्रेको थियो । सकिलसहितको समूहले गरेको सबै हत्याको घटना रकम लेनदेनसँग सम्बन्धित रहेको सप्तरी प्रहरीले बताए ।
सकिलले सप्तरी मल्हनियाका आरूल मियाँको हत्या गरेपछि अरू सातवटा हत्या गरेको प्रहरीको दाबी छ ।