बझाङ – बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले २०५१ मा १७ वर्षको उमेरमा गाउँ नजिकै रहेको बुंगल नगरपालिका –८, कै मंगली बिकसँग विवाह गर्नुभयो । पञ्चेबाजा बजाएर दुलहीलाई घर भित्र्याउनुु भयो । हिरा कामी २ वर्षको हुँदा नै उनका बुवा राइसिङे कामीको निधन भएको थियो ।
हिराकी आमा सुन्दरी कामीले हिरालाई खुबै मेहनत गरी पालनपोषण गर्नुभयो । सुन्दरीको एउटै छोरो भएकाले हिराको बाल्यकाल निकै राम्रो थियो । सुन्दरीले भन्नुभयो, ‘बुढेसकालको सहारा नै मेरो एउटै छोरा हिरा थियो । घरमा खान लगाउन केही पनि थिएन ।’
उहाँको जग्गा पनि उब्जनी हुने खालको थिएन् । अर्काको घरमा गएर मागेर, कसैको काम गरेर खानु पर्ने बाध्यता पहिलेदेखि नै थियो सुन्दरी कामीको । उब्जनी हुने जग्गाबाट २ महिना समेत राम्रोसँग खान पुग्दैन थियो ।
‘एक जोर कपडा नयाँ कहिले पनि फेर्न सकिएन । गाँउका कसै भाग्या (दलितले माथिल्लो जातलाई सम्मान स्वरुप भन्ने शब्द)हरुले लगाएर फालेको कपडा दिएमा लगायो । नत्र फाटेकै कपडाले काम चलाउनु पर्ने बाध्यता मेरो घरको थियो र अहिले पनि छँदैछ’, सुन्दरीले भन्नुभयो, ‘मेरा बुढा सामान्य बिरामी पर्नुभयो । उपचार गर्ने पैसा नभएकै कारण हिरा २/३ वर्षको हुँदा नै उहाँको निधन भयो ।’
सुन्दरी कामी भन्नुहुन्छ, ‘घरमा अरु कोही भएन । एउटै छोरा हिरा मात्रै बाँकी रह्यो । छोरालाई मैले खुबै माया गरी हुर्काए । छोरा ठूलो हुँदै गयो । छोराको विवाह गरेर मर्न पाए हुन्थ्यो । मेरा आत्माले शान्ति पाउँथ्यो भन्ने सोच मैले बनाए । छोराको १७ वर्षको उमेरमा नै विवाह गरिदिए ।’
हिराले विवाह गरेपछि हिराकी श्रीमती मंगली पनि घरमा थपिइन् । घरमा खानलाउन सबै कुराको समस्या थियो । त्यसैमाथि एकजना थपिएपछि झन ठूलो समस्या भयो । सधैँ मागेर खानु पर्ने । कहिले भोक–भोकै बस्नु पर्ने बाध्यता हुन थाल्यो । गरिबीकै समस्या सल्टाउन हिरा रोजगारका लागि भारत जाने भए ।
गाउँमा केही काम पनि नमिल्ने । अर्काको काम गर्दा समेत खान लगाउन समस्या हुने । बिहानदेखि बेलुकासम्म गाउँमा अर्काको काम गर्यो । बेलुका एक माना चामल वा अन्न लिएर घर आउनु परेपछि हिरा रोजगारका लागि भारत जान तम्सिए ।