तेह्रथुम – सिकारु नर्सले प्रशुती गराउदा महिलाको ज्यान गएको भन्दै महिलाहरुले तेहथुम सदरमुकाम म्याङलुङका महिलाले जिल्ला अस्पतालमा नारावाजी सहित प्रदर्शन गरेका छन । उनीहरुले आज मध्यानहदेखि ठुलो संख्यामा भेला भएर प्रदर्शन गरेका हुन । प्रसुति गराउन तीन दिन अघि अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षकी रत्नमाया मगरको ज्यान गएको थियो ।
अस्पतालको डेलिभरी कक्षमा राखिएकी मगरको चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । परिवार र अधिकारकर्मीले अस्पतालको लापरवाहीले बच्चा र आमाको ज्यान गएको भन्दै विरोध गरेका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ । अस्पतालमा प्रहरी परिचालन गरिएको छ । अस्पतालले रत्नमायाको ज्यान जानुको कारण खुलाएको छैन । हेर्नुहोस भिडियो ….