Latest Updates :

“म आत्महत्या गर्दै छु मेरो धर्मपत्नीलाई सुरक्षित गरेर मात्र घट्नाबारे जानकारी गराईदिनू” भन्दै सुसाइड नोटसहित सशस्त्रका लेसनायकले गरे गुल्म परिसरमै आत्महत्या

SHARE THIS POST :

उदयपुर– उदयपुरस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्म बोक्सेमा कार्यरत लेसनायक आइतबार कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन्। त्रियुगा नगरपालिका ७ चुहाडे स्थायी घर भएका ३५ वर्षीय नवराज अधिकारीले ‘सुसाईड नोट’ लेखेर गुल्म परिसरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गुल्मका अनुसार उनको सुसाईड नोटमा आफ्नो मृत्युबारे कसैले हल्ला नगरुन् र फेसबुकमा पनि सार्वजानिक नगरिदिन आग्रह गरेको व्यहोरो उल्लेख छ। विहान ६ बजे नियमित पिटी खेल्ने क्रममा उनी नदेखिएपछि खोजी गर्दा उनी मृत भेटिएका निमित्त गुल्मपति इन्स्पेक्टर प्रेमकुमार राईले बताए। उनी गुल्मको १ नम्बर व्यारेकदेखि ५० मिटर पूर्व वैकल्पिक ६ नम्बर पोष्टबाहिर डोरीको पासाले लगाएर झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।

२ दिनको घर बिदाबाट कार्यालय हाजिर भएका उनले आत्महत्या गर्नुको कारण खुल्न नसकेको इन्स्पेक्टर राईले बताए। घट्नाको विषयमा पोष्टमार्टमपछि मात्र बिस्तृत जानकारी आउने राईको भनाई छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर श्रेष्ठले सुसाईड नोट लेखेर आत्महत्या गरेको पुष्टि भएको बताए। उनले घट्नाको प्रकृति अनुसार झुण्डिएको बलोनजिकै गारोमा बसेर पासो लगाई हाम फालेको हुनसक्ने अनुमान गरिएको बताए।

मृतकको शव आईतबार साँझ मात्र उठाइएको छ । खोटाङमा रहेका बाबुआमा र आफन्त भर्खरै आइपुगेकाले शव उठाएर पोष्टमार्टमका लागि उदयपुर अस्पताल लाने तयारी भईरहेको श्रेष्ठले बताए। घट्नास्थल पुगेकी अधिकारी पत्नी राधिका बेहोस भएपछि उदयपुर जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ। अधिकारी दम्पत्तिका १२ वर्षीया छोरी र ८ वर्षीय छोरा रहेको इन्स्पेक्टर राईले बताएका छन्। सुसाईड नोटमा लेखिएको अक्षर मृतक आफैले लेखेको भन्ने कुरा उनको डायरी हेरेर निक्र्यौल गरिएको इन्स्पेक्टर श्रेष्ठले बताए।

उनको सुसाईड नोटमा ‘सर्वप्रथम मेरो धर्मपत्नीलाई सुरक्षित गरेर मात्र घट्नाबारे जानकारी गराईदिनू र मेरा नाबालक छोराछोरीले पाउने रकम सहयोग गरिदिनू’ भन्ने उल्लेख भएको प्रहरीले जनाएको छ। आफन्तले भने अधिकारीले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएकाले कर्तव्य हुनसक्ने शंका गरेका छन्। छिमेकी बासु थापाले मृतकको खुट्टाले भुई छोएको देखिएकाले आत्महत्या नभई कर्तव्य हुनसक्ने आशंका गरे। नागरिक न्युजमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger