Latest Updates :

बिहानै स्याउला काट्न निस्केका दुई युवती घर नफर्केपछि खोज्न जाँदा करेन्ट लागेर डोकोसंगै लडेको अवस्थामा भेटिए

SHARE THIS POST :

बागलुङ – काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ ।

जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ ।




विहान स्याउला र घाँस लिन जंगल गएका उनीहरुको विजुलीको हाइटेन्सन पोलबाट विद्युत प्रवाह भइ मृत्यु भएको हो । अभिभावकले छोरीहरू किन ढिलो गरे भनेर खोज्न जाँदा उक्त घटना भएको खुल्ला आएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाए पनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण घटना भएको उनीहरुको आरोप छ । मृतकका आफन्तले घटनाको जिम्मेवारी लिई प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

स्थानीयका अनुसार पटक पटक विद्युत पोल व्यवस्थापन गर्न प्राधिकरणलाई भन्दै आएपनि वेवास्ताका कारण घटना घटेको आरोप लगाएका छन् । घटना भएको १० घण्टा वितिसक्दा समेत प्राधिकरणका कर्मचारीले सो बारेमा नदिएको स्थानीयको गुनासो छ । सो क्षेत्रमा हाईटेसन लाइन अग्ला रूखहरूसंग छोइने समस्या र अन्य विघुतिय गडबडीको अत्य नभएसम्म लाशको मुचुल्का गर्न दिए पनि लास उठाउन नदिने गाउलेले अडान लिएको छ । अहिले पुरै गाउँमा रुवाबासी चलिरहेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger