Latest Updates :

को हुन् यि भाग्यमानी बालक ? जसका अभिभावक बने चर्चित नायक राजेश हमाल

SHARE THIS POST :
जितपुर- अभिनेता राजेश हमालले कपिलवस्तुमा एक बालकलाई विद्यालय भर्ना गराएका छन्। बुद्धभूमि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनेका हमालले बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा ५ वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गराएका हुन्।

‘मेरो पहिल्यैदेखि चाहना थियो। यस पटक नेपाल सरकारको नीतिले ठूलो अवसर जुटायो,’ हमालले भने, ‘राजप्रति मेरो धेरै चासो हुनेछ, म उसलाई पटकपटक विशेष महत्वका साथ हेरविचार गर्नेछु, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु।’

विद्यालयको भर्ना कापीमा अभिभावकका रुपमा हस्ताक्षर गर्दै उनले राजलाई झोला, पाठ्यपुस्तक र पाठ्यसामग्री पनि दिए। बालकको लालनपोषणका लागि केही रकमसमेत उनले सहयोग गरेको राजकी आमा लक्ष्मीले बताइन्।

राज बुद्धभूमि–२ पुरेनाको सामान्य परिवारमा जन्मिएका बालक हुन्। बुबा काशीराम र आमा लक्ष्मीका उनी कान्छो सन्तान हुन्। उनका बुबाको गत वर्ष कात्तिक १९ गते भारतमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। मृत्यु भएको एक वर्ष पुगे पनि राजको परिवारले हालसम्म राहत रकम पाएको छैन। पतिको मृत्युपछि लक्ष्मी नदीजन्य पदार्थ गाडीमा लाद्ने काम गर्दै आएकी छन्। हमालले अभिभावकत्व ग्रहण गरेपछि आफ्नो बालकको भविष्य उज्वल हुने उनले बताइन्।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger