Latest Updates :

सबै धार्मिक गुरु एउटै हुँदैनन् भन्दै पुरोहितले भक्तजनको अगाडि काटे यौनाङ्ग

SHARE THIS POST :

धार्मिक गुरुमाथि लगातार लागिरहेको यौन उत्पीडनको मामलाका कारण तनावमा रहेका ४० वर्षीय पुरोहितले शुक्रबार बेलुकी सार्वजनिक बैठकमा कथित रुपमा आफ्नो यौनाङ्ग काटेका छन् ।

घटनापछि उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएपनि स्थिती गम्भीर भएपछि जयपुरको सवाई मानसिंह अस्पतालमा भर्ना गरिएको भारतीय समाचार माध्यम इन्डियाटाइम्सले बताएको छ ।

मन्धान थानाका इन्चार्ज राम किशनका अनुसार सेवावाली सेवागिरी धामका महन्त अनिल पुरोहित विभिन्न धार्मिक नेताविरुद्ध लगाइएको यौन उत्पीडनको आरोपका कारण तनावमा थिए ।

आजतकका अनुसार एक सत्संग कार्यक्रममा ती पुरोहित भक्तसँग कुरा गर्दागर्दै अचानक रिसाए र भक्तजनको अगाडि नै आफ्नो यौनाङ््ग काटेर हावामा फ्याँकिदिए
मिडिया रिपोर्ट अनुसार ती पुरोहितलाई आशाराम, रामरहिम, दाती महाराजसँग तुलना गर्न थालेपछि उनले मानिसहरु शान्त रहन आग्रह गर्दै अपराधीलाई कानून अनुसार दण्डित गर्नुपर्ने बताए । उनले भक्तहरुलाई सबै धर्मगुरुलाई शंकाले हेर्नु हुँदैनसमेत भने । ‘सबै एउटै हुँदैनन्,’ उनले भने । पछि पुरोहितले आफ्नो यौनाङ्ग काट्ने घोषणा गरेपछि मानिसहरु एकछिन छक्क परे । घोषणा गरेको केही सेकेन्डभित्रै उनले त्यसो गरे । स्थानीयका अनुसार त्यसको केही सेकेन्डभित्रै उनी अचेत भए र स्थिती तनावग्रस्त बन्यो ।

‘घटनास्थलबाट मानिसहरु भागाभाग गर्न थाले,’ प्रत्यक्षदर्शी धरम पलले बताए ।

‘प्रत्येक महिनाको १५ र ३० तारिखमा सेवावाली आश्रममा जाग्रम बसिन्छ । मानिसहरुले उनलाई बलात्कारमा मुछिएका अन्य धर्मगुरुसँग तुलना गर्न थाले । सुरुमा उहाँ रिसाउनुभयो तर पछि उहाँले आफू अरुजस्तो नभएको बताउँदै यौनाङ्ग काट्नुभयो,’ अर्का भक्त मोती लालले बताए ।

पुरोहितले आफ्नो यो कार्यका लागि आफैं जिम्मेवार भएको बयान जारी गरे ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger