काठमाडौं। अवैध सम्बन्ध कायम गर्न राखेको प्रस्ताव अस्वीकार गर्दा एकल महिला आफ्नै सहोदर भतिजाबाट निर्घात कुटिएकी छन्।भनिता २५ वर्षीय नवीन मण्डलले अवैध सम्बन्ध कायम गर्न राखेको प्रस्ताव अस्वीकार गर्दा नगरपालिका–७ खर्साल टोलकी ३५ वर्षीया सुनिता मण्डलमाथि निर्घात कुटपिट भएको हो । भतिजा मण्डलले नै काकीलाई कुटेका हुन्।
पीडित महिलाले पीडकविरुद्ध बिहीबार उजुरी दिएकी छन् । उजुरीमा बुधबार राति साढे १० बजेतिर अत्याधिक मदिरा सेवन गरी आएका भतिजा मण्डलले कोठामा आफूलाई एक्लै भेटेपछि कोठाको ढोका बन्द गरी अवैध सम्बन्ध राख्न प्रस्ताव र दबाब दिएको उल्लेख गरेकी छन्। राजधानी दैनिकमा खबर छ ।
प्रस्ताव अस्वीकार गर्दा भतिजाले बल प्रयोग गरेको र प्रतिकार गरेपछि मरणासन्न हुने गरी कुटपिट गरेको उनले उजुरीमा उल्लेख गरेकी छन्।सुनिताको पतिको आठ वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो।