Latest Updates :

यो शताब्दीकै सर्वोत्कृष्त खेलाडीका रुपमा मान्ने गरिएका मेस्सीको पेनाल्टी प्रहार रोक्ने यी हुन् आइसल्याण्डका गोलकिपर जो फिल्म डाइरेक्टर र म्युजिक भिडियोमा काम गर्छन

SHARE THIS POST :

काठमाडौं – कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।



खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।

यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। सर्जियो अग्युरोको गोलमा अाइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै अाइसल्याण्डले बराबरी गोल फर्काएको थियो।



दर्शकलाई चासोको बिषय हुन् सक्छ को हुन् फुटबलका स्टार मेस्सीको पेनाल्टी गोल रोक्न सक्ने गोलकिपर ? हो हामीले उनकै बारेमा थोरै तपाईहरुलाई जानकारी दिन गैरहेका छौ । आइसल्याण्डका गोलकिपर ह्यान्स थोर ह्यान्डोर्सन यो विश्वकपको पहिलो सहभागितामै यो शताब्दीकै सर्वोत्कृष्त खेलाडीका रुपमा मान्ने गरिएका मेस्सीको पेनाल्टी प्रहार रोकेका हुन् । उनी आइसल्याण्डका अनुभवी खेलाडी हुन् ।

३४ वर्षका उनको सन् १९८४ अप्रिल २७ मा जन्मेका हुन् । उनले यो विश्वकपको पहिलो खेलसहित आइसल्याण्डबाट ५० खेल खेलेका छन् । उनी सन् २००५ सम्म पार्ट टाइम गोलरक्षक थिए ।

चार वर्षअघिसम्म पनि उनले क्रिएटिभ फिल्म डाइरेक्टरको काम गर्थे । उनले विज्ञापन, जोम्बिइ फिल्म र म्युजिक भिडियो पनि काम गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger