Latest Updates :

लोकसेवाको परिक्षा दिन गएका युवकले बाटो बिराउँदा ४ मिनेट ढिला भएपछि पाएनन् प्रवेश, कोठामा गएर गरे आत्महत्या

SHARE THIS POST :

काठमाडौँ । लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा प्रवेश नदिइएपछि छात्रले आत्महत्या गरेका छन् । घटना हो भारतको । भारतको कर्नाटकका २८ वर्षे छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको अवस्थामा शव बरामद गरिएको प्रहरीले जनाएको छ ।

आइतबार आयोजित लोकसेवा परीक्षामा प्रवेश नपाएपछि उनले आवेशमा आएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्टर पुगेका थिए । सेन्टर गलत भएको थाहा पाएपछि उनी ९ बजेर २४ मा आफ्नो सेन्टर सर्वोदय बाल विद्यालय पुग्दा केही मिनेट मात्रै ढिला भएपछि प्रवेश पाएनन् । सुसाइट नोटमा आफ्नो परिवारलाई माफी दिन र बिर्सिदिन आग्रह गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger