Latest Updates :

१२ बर्षिय बालिकालाई बलात्कारपछि मेयरले ६० हजार दिएर कुरो मिलाएपछी हंगामा

SHARE THIS POST :

१२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा भोजपुरमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका-७ केउरेनीपानीका ३२ वर्षका मेघराज श्रेष्ठले एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । बलात्कारपछि गाउँमै षडानन्दा नगरपालिकाका मेयर विरवल राई, उपमेयर मेरिका राई, चन्द्रबहादुर तामाङ र वडाध्यक्ष कृष्णबहादुर राईसहितको छलफलमा पीडित बालिकालाई ६० हजार रुपैयाँ दिएर घटना मिलाइएको थियो ।

पछि बालिकाको स्वास्थ्यमा समस्या आएपछि खाँदबारी जिल्ला अस्पताल लगिएको थियो । गाउँमै कुरा मिलाएर बाहिर नल्याउने सहमति भए पनि अस्पतालमा परिक्षण गर्दा बलात्कार भएको खुलासा भएपछि बालिकाकी ठूलीआमाले प्रहरीमा उजुरी दिनुभएको थियो । उजुरीको आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई जर्वजस्तीकरणीमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger