Latest Updates :

भर्खरै १७ जना यात्रु बोकेर उडेको तारा एअरको विमान जुम्लामा दुर्घटनामा पर्यो, यस्तो छ पछिल्लो अवस्था

SHARE THIS POST :

काठमाडौँ । जुम्लामा तारा एअरको विमान दुर्घटनामा परेको छ । ९एमएइभी कल साइन भएको तारा एअरको विमान शनिबार दिउँसो सवा तीन बजे अवतरणको क्रममा जुम्ला विमानस्थलमा दुर्घटनामा परेको हो ।



विमान अवतरणका क्रममा धावनमार्गमा अघिल्लो भागको चक्का पन्चर भएर धावनमार्गमा नोज ठोक्किन पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ । चालक दलका दुई सदस्यसहित विमानमा १७ यात्रु सवार रहेको बताइएको छ ।

 चालक दल (पाइलट, कोपाइलट र एयर होस्टेज)सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि धावनमार्गमा चिप्लिएर तार जालीमा अड्किएको थियो। घटनामा मानवीय क्षति भने भएकाे छैन्। बुढाका अनुसार सम्पूर्ण यात्रु सकुशल छन्। सुरक्षाकर्मी र स्थानीयले यात्रुकाे उद्दार गरेका छन्।

जहाजलाई क्याप्टेन जेके निरौलाले उडाएका थिए भने हिक्मत रोकाया कोपाइलट थिए।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger