काठमाडौं, १९ वैशाख – भारतको इन्दौरस्थित १३ वर्षीया वेदिका गुप्तालाई मानिसहरू स्नेक गर्ल भन्छन् । एक दुर्लभ रोगका कारण उनी घाममा देखापर्दा छालाबाट रगत निस्कन थालछ । त्यसैले गर्दा उनी कोठाभित्रै खुम्चिन बाध्य छिन् ।
चिकित्सकहरू पनि उनको उपचार गर्न असमर्थ छन् । दुई लाखमध्ये एक व्यक्तिलाई हुने दुर्लभ आनुवंशिक रोग लामल्लार इचथ्योसिसबाट उनी ग्रस्त छिन् ।
उनका पिता सञ्जयका अनुसार, आठ कक्षामा पढ्ने वेदिका घामबाट बच्नका लागि कोठैमा बस्छिन् र रोगकै कारण उनको कपाल पनि झर्न थालेको छ । विद्यालयका साथीहरू उनलाई सर्प केटी भनी जिस्काउँछन् किनकि उनको छाला
सर्पको जस्तो टाटेपांग्रे देखिन्छ । परिवारका अन्य दुई सन्तानमा पनि यस्तै रोग रहेको र उनीहरू जन्मेको केही वर्षमै मरेको पिता सञ्जयको भनाइ छ ।
यो रोग संसारभरिका चिकित्सकका लागि रहस्यका रूपमा रहेको छ । संसारका अन्य ठाउँमा पनि यो रोग देखिएको छ तर यसको उपचार सम्भव छैन । स्पेनमा यसको प्रायोगिक उपचार गरिएको भएपनि पूरा ठीक हुने कुनै ग्यारेन्टी छैन ।
source:lokantar