महोत्तरीका अनिल चौधरी भाग्यले ठगिएका नेपाली हुन् । जसलाई कतारी सरकारले गोली हानेर मृत्युदण्डको आदोश दिएको छ । कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग नै प्रमाणित गरेपछि चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।
फैसलामा उनलाई ‘गोली हानी मृत्युदण्ड’ दिइने बताइएको कतारी समाचारसंस्थाहरुले जनाएका छन् । अनिललाई हत्या अभियोगमा सन् २०१७ अप्रिलमा पक्राउ गरेपछि नेपालीमाथि ‘गोली हानी मृत्युदण्ड दिने फैसला’ कतारमा अहिलेसम्मको सबैभन्दा कडा सजाय सुनाइएको हो ।
फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको भएपनि पुनरावेदनका लागि रकम नजुटेपछि अनिलको जीवन संकटमा परेको छ । यो घटनाले अनिलको परिवार विक्षिप्त बनेको छ ।