Latest Updates :

दोस्रो चरणका १६ वटै टोलीको टुङ्गों, को पुगे? को बाहिरिए? कसको भेट कोसँग?

SHARE THIS POST :

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समिकरण पुरा भएको छ। बिहिबार समूह एचबाट जापान र कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रि क्वार्टरफाइनलको समिकरण पुरा भएको हो।
यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने ‘निल’ भएका छन्। कुनै पनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन्। युरोपबाट १० टोली, दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिका र एसियाबाट एक-एक टोली नकआउट चरण पुगेका छन्।

विश्वकप अन्तर्गत बिहिबार समूह एचबाट सेनेगल बाहिरिएसँगै रूस विश्वकपको अन्तिम १६ अफ्रिकन राष्ट्रबिहिन बनेको हो ।

समूह एचमा रहेको सेनेगल अन्तिम खेलमा कोलम्बियासँग १ – ० ले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको हो। सेनेगलको हारसँगै रुस विश्वकपमा अफ्रीका महादेशको चुनौती समाप्त भएको हो ।

यो समूहमा जापानसँग अंक बराबर गरे पनि सेनेगल फेयर प्ले अंकमा पछि पर्दै नकआउट चरणमा पुग्न सकेन। जापान भने जारी विश्वकपको नकआउट चरण पुग्ने एक्लो एसियन राष्ट्र बनेको छ ।

विश्वकप फुटबलको इतिहासमा सन् १९८६ पछि पहिलोपटक अफ्रिकन राष्ट्रले नकआउट चरणमा स्थान बनाउन नसकेको हो। यो विश्वकपमा अफ्रीका महादेशबाट ५ राष्ट्र सहभागी थिए।

को को पुगे अन्तिम १६ मा

अन्तिम १६ मा कसको भेट को सँग?

अषाढ १६ः फ्रान्स भर्सेस अर्जेन्टिना । उरुग्वे भर्सेस पोर्चुगल

अषाढ १७ः स्पेन भर्सेस रसिया । क्रोएशिया भर्सेस डेनमार्क

अषाढ १८ः ब्राजिल भर्सेस मेक्सिको । समूह जीको विजेता भर्सेस जापान

अषाढ १९ः स्वीडेन भर्सेस स्विट्जरल्याण्ड । कोलम्बिया भर्सेस समूह जीको उपविजेता

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger