Latest Updates :

रुस विश्वकपमा पहिलोपटक घट्यो यस्तो घट्ना : सेनेगललाई पछि पार्दै जापान कसरी पुग्यो अन्तिम १६ मा ?

SHARE THIS POST :

रुस विश्वकपमा पहिलोपटक घट्यो यस्तो घट्ना : सेनेगललाई पछि पार्दै जापान कसरी पुग्यो अन्तिम १६ मा ?
काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको छ । तर, कोलम्बियाले सेनेगललाई हरायो र दुई पहेँलो कार्ड कम खाएका कारण जापानको भाग्य चम्किएको छ ।

 समूह एचमा रहेको जापानलाई सहज रुपमा अघिल्लो चरण पुग्न पोल्याण्डसँग कम्तिमा बराबरी चाहिएको थियो । तर, ५९ औं मिनेटमा बेडनारेककेा गोलको मदतमा पोल्याण्ड १-० ले विजयी भयो ।

जापान फेयर प्ले को सहयोगमा नकआउट चरणमा पुगेको हो। सेनेगललाई फेयर प्ले मा पछि पार्दै जापान नकआउट चरणमा प्रवेश गरेको हो। बिरलै हुने यस्तो निर्णयमा जापान भाग्यमानी सावित भयो। जापान र सेनेगलको विजयी खेल र अंक बराबर भएपछि फेयरप्लेबाट निर्णय लिइएको हो, जसमा जापानले बाजी मार्‍यो। समूह एचको अन्तिम खेलमा जापान ०-१ ले पराजित बनेको थियो भने उता सेनेगल पोल्यान्डसँग पराजित भएको थियो। एसियाबाट नकआउट चरणमा प्रवेश गर्ने जापान एकमात्र देश हो।

समूहमा तीन खेलबाट ६ अंक जोडेको कोलम्बिया विजेता बन्यो भने चार अंकसहित जापान उपविजेता बन्यो। सेनेगलसँग समान अंक भएपनि जापान फेयर प्लेमा अगाडि रहेको हो। समान गोलअन्तर र गरेको गोल पनि समान भएपनि जापान फेयर प्लेमा सेने‍गलभन्दा अगाडि रहेको हो।



अन्तिम खेलमा जापान र सेनेगल दुवैलाई बराबरीको नतिजा निकालेपनि अगाडि बढ्ने स्थिती थियो। जापानविरुद्ध पोल्यान्डका जान बेदनारेकले ६० औं मिनेटमा गोल गरे। जारी प्रतियोगितामा पोल्यान्डको यो पहिलो गोल हो।

सेनेगलविरुद्ध कोलम्बियाका येरी मिनाले ७४ औं मिनेटमा हेड गोल गरे। सेनेगल दोस्रोपटक विश्वकप खेलिरहेको थियो। यसअघि सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा उसले क्वाटरफाइनलको यात्रा तय गरेको थियो। जापान विश्वकपमा तेस्रो पटक नकआउट चरण पुगेको हो। उसले सन् २००२ र २०१० मा नकआउट चरणमा स्थान बनाएको थियो।

कोलम्बियाले पहिलो खेलमा जापानसँग १-० गोलको हार ब्यहोरेपनि दोस्रो खेलमा पोल्यान्डलाई ३-० गोलले हराएको थियो। पहिलो खेलमा पोल्यान्डलाई हराएको सेनेगल दोस्रो खेलमा जापानसँग २-२ गोलको बराबरीमा रोकिएको थियो।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger