Latest Updates :

इजरायलमा कर्मथलो बनाएर नेपाल फर्केकी चेली पेन्ची तामाङको उपचारका क्रममा निधन, इजरायलमा डाक्टरले स्वास्थ्यमा सुधार आयो भने पछि उनि नेपाल फर्केकी थिईन

SHARE THIS POST :


सुर्य बस्याल। इजरायलबाट बिरामी भएर नेपाल फर्केर्की नेपाली चेली पेन्ची तामाङको निधन भएको छ । लामो समयदेखि इजरायलमा काम गरेकी तामाङ उनी अस्वस्थ भएपछि केहीसमय अघि इजरायलबाट नेपाल फर्केकी थिइन ।

Image result for इजरायलमा कर्मथलो बनाएर नेपाल फर्केकी चेली पेन्ची तामाङको उपचारका क्रममा निधन, इजरायलमा डाक्टरले स्वास्थ्यमा सुधार आयो भने पछि उनि नेपाल फर्केकी थिईन,

इजरायलमा सन् २००५ देखि कर्मथलो बनाउदै आएकी उनको घर नुवाकोट किप्साङ गाउँपालिका काहुले वडा नं –५ मा रहेको थियो । तामाङको उपचारको क्रममा नेपालमा निधन भएको खबर इजरायलमा रहेका समाजसेवी साथै नेपाल तामाङ्ग घेदुङ्ग इजरायलका पुर्व अध्यक्ष बीबी लामा तामाङले पुस्टि गरेका हुन् ।

तामाङ संवेदनशील रोग क्यान्सरबाट पिडीत भएपछि एनआरएनए आईसीसी इजरायलले नेपाल जानको निमित्त हवाई टिकेटको ब्यवस्था गरेको थियो । उनी जनवरी १६ मा नेपाल फर्केकी थिइन ।



उनले इजरायलमा क्यान्सर भएपछि ३ महिना इजरायलमै उपचार गरेकी थिइन । त्यसैक्रममा स्वास्थ्यमा केही सुधार भएको भन्दै थप उपचारका लागि डाक्टरको सल्लाहमा उनी नेपाल फर्केकी थिइन ।

उनलाई नेपाल फर्किनका लागि एनआरएनए इजरायलले टिकेटको व्यवस्थसहित सहयोग गरेको बताउँदै उनी नेपाल फर्किएको जानकारी एनआरएनए इजरायलकी प्रवक्ता डोमा शेर्पाले केही महिना पहिले जानकारी दिएकी थिइन । उनको नियमति चेकजाँच तथा उपचारका क्रममै निधन भएको बताइएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger