भर्खरै अत्यन्त दुखद दुर्घटना स्कूटी सहित यसरी ट्रकले मान्छे किचेर बीभत्स मृत्यु
काठमाडौं । राजधानीको जोरपाटीमा स्कूटीलाई ट्रिपरले ठक्कर दिँदा एक युवतिको घटनास्थलमै मृत्यु भएको छ । स्कूटरमा सवार अर्का एक पुरुष घाइते भएका छन् ।
बा७०प ८२२५ नम्बरको स्कूटरलाई ना१ख ८९०० नम्बरको ट्रिपरले ठक्कर दिएको हो । जोरपाटी चोकमा स्कूटीले ट्याक्सीलाई ओभरटेक गर्न खोज्दा उक्त दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा स्कूटीको पछाडी बस्ने युवतिको मृत्यु भएको हो ।
यस्तै मूलपानीको गोकर्ण फरेस्ट रिसोर्ट अगाडि माइक्रोबस दुर्घटना हुँदा सवारी धनीको मृत्यु भएको छ । सवारीको ढोकामा बसेर पैसा उठाइरहेका निजको मृत्यु भएको हो ।
तिब्र गतिमा रहेको माइक्रो थलीको ओरालोमा ब्रेक फेल हुँदा अनियन्त्रित भइ दुर्घटना भएको बौद्ध प्रहरी बृत्तका उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
दुबै दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
