Latest Updates :

सीटी सेन्टरको चौथो तलाबाट खसेर सुरक्षागार्डको मृत्यु

SHARE THIS POST :
 काठमाडौंको कमलपोखरीस्थित सीटी सेन्टरबाट खसेर सुरक्षागार्डको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फिदिमका २६ वर्षीय रविन भुजेल छन् ।


भुजेल मलमा कार्यरत् सुरक्षाकर्मी हुन् । शुक्रबार मलको चौथो तलबाट झलेर उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

बिहान ३ बजे मलबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको हो ।

भुजेलको आफन्तजनले भने उनको मृत्युप्रति आशंक व्यक्त गर्दै सत्यतथ्य, छानबिनको माग गरेका छन् ।

प्रहरीले थप अनुसन्धान थालेको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger