पहिचानवादी नेता आङकाजी शेर्पाको नाम अहिले पनि विभिन्न विषयमा विवादास्पद बन्छ । यतिसम्म कि, फेसवुकमा लेखेको स्टाटसकै कारण प्रहरीले उनलाई पक्राउ गरी १७ दिन कारागारमा राख्यो ।
पहिलो संविधानसभा बिघटनपछि उनी लगायत थुप्रै आदिवासी जनजाति नेताहरु आन्दोलित भए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायत मुद्धा उनीहरुको मूख्य माग हो ।
त्यसो त, हिन्दुराज्यको विरोध र जातीय तथा भाषिक पहिचानबारे शेर्पा खरो रुपमा प्रस्तुत भए । पछिल्लो समय भने आङकाजी केही लचिलो देखिएका छन् ।
:पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रुपमा स्वीकार नगरे पनि उनले भने झैँ ‘चारजात छत्तिस जातको फूलबारी’ को संरक्षण गर्नुपर्ने उनको तर्क छ ।
पछिल्लो साता बौद्धस्थित शेर्पाकै निवासमा पुगेको नेपालआज टीमसँग उनले धर्मनिरपेक्षता, संघीयताको औचित्य, भाषिक पहिचान लगायत विषयमा आफ्ना बिचार व्यक्त गरेका छन् ।
जीवन मंगोल पनि लेख्छन, गाई काटेर खादा हिन्दुलाई आपत्ति किन ?
आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन ।
नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ ।
र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ । तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो ।
त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ र लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ ।