Latest Updates :

छोरीसँगको यो फोटो पोष्ट गरेपछि विबादमा तानिए आमिर खान, कतिपयले त यौनजन्य क्रियाकलापसँग जोडेर समेत कमेन्ट गरे

SHARE THIS POST :

एजेन्सी । बलिउड सुपरस्टार आमिर खान सदावहार चर्चामा रहने तर विबादमा खासै नआउने अभिनेताका रुपमा परिचित छिन् । तर यतिबेला उनी नमज्जाले ट्रोल भइरहेका छन् । उनले आफुनो फेसबुक अकाउन्टमा सेयर गरेको छोरीसँगको फोटोले चर्चासँगै विबादमा पनि तानिएका छन् ।

आमिर उक्त तस्बिरमा छोरी इरा खानसँग एक मैदानमा निकै मस्ती गरिरहेको देखिन्छ । उक्त तस्विरले अहिले भाइरल रुप धारण गरिरहेका बेला थुप्रै प्रयोगकर्तालाई मन परेन र रमजानमा यस्तो प्रकारको तस्बिर पोष्ट गरेको भनी उनलाई ट्रोल गर्न थालेका छन् ।

आमिरले उक्त फोटो पोष्ट गर्ने बित्तिकै यसमा विभिन्न प्रकारको कमेन्ट गरेर आलोचनाहरुले उनको फेसबुक भरीएको छ । कतिपयले यो तस्विरलाई यौनजन्य क्रियाकलापसँग जोडेर प्रतिक्रिया दिएपछि पनि आमिर अहिलेसम्म केही बोलेका छैनन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Pages (19)1234567 Next

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger