Latest Updates :

यसकारण नेयमारले विश्वकपको आगामी खेल खेल्न नपाउने !

SHARE THIS POST :

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल खेल्न नपाउने सम्भावना बढेको छ । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहरुले नेयमार ब्राजिलको आगामी खेलमा अनुपस्थित हुनसक्ने सम्भावना बढेको छ । उनी माथि भएको पटक पटकको फाउलले उनको गोलीगाँठोमा समस्या भएको हुनसक्ने बताइएको छ ।



स्विट्जरल्याण्डसँगको खेलको क्रममा १० पटक नेयमारमाथि फाउल भएको थियो । बेलायती अनलाइन पत्रिका द सनले यस्तो खबर छापेको छ ।

अखबारका अनुसार आगामी खेलको लागि तयार हुन नेयमारलाई केही दिनको आराम आवश्यक छ । स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो । (एजेन्सी)

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger