काठमाडौ – पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो पहिलो विदेश यात्रा सकेर नेपाल फर्केका छन् ।
अशोक दर्जी पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन् । ‘धन विनाको मन ठूलोकी मन विनाको धन’ गीत गाएर झनै भाइरल बनेका अशोक दर्जी सांगीतिक प्रस्तुतिका लागि मलेसिया पुगेर भर्खरै फर्केका हुन् । उनले मलेसियामा ‘मन बिनाको धन’ संगै अरु गीत पनि गाएका थिए ।
क्षमताको कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्। भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेका थिए ।
आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । गीतमा आएका प्रतिक्रियाहरुबाट दंग छन् संगीतकार टंक बुढाथोकी । अशोकको घर निर्माणको लागि मलेसिया पुगेका थिए ।