काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएकोम अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए ।
मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका अशोक लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको हो। गोली लामाको खुट्टामा लागेको छ।
दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।
सिंहका अनुसार युनपार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको हो। उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरी्ले जनाएको छ।
गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।