Latest Updates :

कतारमा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन अदालतले दियो आदेश, यस्तो छ नेपालीले गरेको आरोप कतार । कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ ।

SHARE THIS POST :
कतारको तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको इजलासले नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएका हुन् । उनीमाथि कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अभियोग लागेको छ ।

तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। महोत्तरी औराही–१ का चौधरीलाई कतारी नागरिक अल नुएमीको हत्या अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ गरिएको थियो । गोली हानेर मृत्युदण्ड दिने सुनाईएको फैसला हालसम्म हत्या अभियोग लागेका नेपालीहरु मध्ये सबैभन्दा कडा हो ।

कतारस्थित नेपाली दूतावासले चौधरीको सहमतिमा पुनरावेदन गरिएको जनाएको छ । सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल अर्थात करिव ६ लाख रुपैयाँ) राजदूतावासले सरकारसँग माग गरेपछि, परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन अनुरोध गरेको छ।

कतारमा नेपालीद्धारा नेपालीको हत्या गरिएको घटना धेरै भएपनि कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो। नेपालीको हत्या गर्ने नेपालीलाई भने आजीवन कारावास देखि ब्लडमनी तिनुपर्ने सम्मको फैसला भएको छ । तर कतारी नागरिकको हत्या अभियोग लागेका चौधरीलाई भने मृत्युदण्डको फैसला सुनाईएको हो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger