Latest Updates :

क्रिश्चियानो रोनाल्डो नाममा बन्यो नयाँ रेकर्ड : स्पेन बिरुद्द ह्याट्रिक गर्दै रोनाल्डो चार विश्वकपमा लगातार गोल हान्ने चौथो खेलाडी बने

SHARE THIS POST :

काठमाडौं – स्पेनविरुद्ध जारी प्रतियोगितामा गोल गरेपछि पोर्चुगलका क्रिश्चियानो रोनाल्डो चारवटा विश्वकप फुटबलमा लगातार गोल हान्ने चौथो खेलाडी भएका छन्।

यसअिघ यू सेलर, पेले र मिरोस्लाभ क्लोसले पनि चार विश्वकपमा लगातार गोल हानेका थिए।

रोनाल्डोले चार फरक फरक विश्वकपमा गोल गरेका हुन् । उनले २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका हुन् ।

पहिलो हाफको अन्त्यमा रोनाल्डोले पुन: पोर्चुगलका लागि गोल गर्दै २-१ को अग्रता दिलाएका थिए।रोनाल्डोले गरेको प्रहार विपक्षी गोलकिपर डभिड डी गियाको हातमा लाग्दै पोस्ट भित्र गएको थियो।

दोस्रो हाफमा स्पेनले लगातार दुर्इ गोल गर्यो। डियगो कोस्टाले ५५अौं मिनेटमा गोल गर्दै स्पेनलार्इ पोर्चुगलविरुद्ध २-२ को बराबरी गरेको २ मिनेट नबित्दै नाँचोले गोल गर्दै स्पेनलार्इ ३-२ को अग्रता दिलाएका थिए।

तर, अन्तिम मिनेटमा पाएको फ्रिकिकको सदूपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरेभने खेल बराबरीमा टुंग्याए। रोनाल्डोले राष्ट्रिय टिमबाट १५० खेलमा ८३ गोल गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger