Latest Updates :

यसरी खोल्छिन पार्वती राई सुहागरातका कुरा,सानै उमेरमा बिहे भयो त्यो रात निकै रोमान्टिक थियो – रातभर निदाउन सकिनँ

SHARE THIS POST :
यसरी खोल्छिन पार्वती राई सुहागरातका कुरा,सानै उमेरमा बिहे भयो त्यो रात निकै रोमान्टिक थियो – रातभर निदाउन सकिनँ
१४ वर्ष अगाडिको कुरा हो। भर्खर गीत गाउन सुरु गरेकी थिएँ। टेलिभिजनमा देखेर उहाँ (पेशल राई) ले मेरो बारेमा बुझ्न थाल्नुभएछ। मेरो फोन नम्बर पत्ता लगाएर एक दिन मलाई फोन गर्नुभयो। पहिलो कल गर्दा उहाँले फ्यानका रूपमा कुरा गर्नुभएको थियो। मलाई पनि उहाँको कुरा गराइ र स्वभाव राम्रो लाग्यो। त्यसपछि समयसमयमा हामीबीच कुराकानी हुन थाल्यो। पढेको असल मान्छे भएकाले म पनि उहाँप्रति आकर्षित हुन थालेँ। मलाई उहाँले धेरैपटक प्रेम प्रस्ताव राख्नुभयो। मैले हुन्छ वा हुन्न केही भन्न सकेकी थिइनँ। परिवारको इच्छाअनुसार विवाह गर्ने सोच भएकाले उहाँको प्रेम स्वीकारेर अगाडि बढ्न सकेकी थिइनँ। पछि उहाँको परिवार नै मलाई माग्न मेरो घर आएपछि हाम्रो प्रेमले साकार रूप लियो। परिवारको स्वीकृतिमा मैले उहाँसँग विवाह गरेँ। असारमा हाम्रो चिनजान भएको, असोजमा त विवाह भइहाल्यो।

घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। विवाह भएपछि म उहाँको भएँ भन्ने महसुस भयो। जब शारीरिक रूपमा नजिक भयौं, त्यसपछि हामीबीच जीवनमा कुनै कुरा बाँकी नभएजस्तो लाग्यो। जीवनले पूर्णता पाएजस्तो भयो। विवाहपछि श्रीमान्बाट असाध्यै माया पाएँ। त्यसले मलाई आफ्नो जीवनलाई अर्थपूर्ण र सुखद भनुभूति गरायो। यो एउटा खुसीको कुरा पनि हो। हाम्रो विवाह हुँदा उहाँ काठमाडौंबाहिर कलेज पढाउनुहुन्थ्यो।
विवाहपछि जागिरको सिलसिलामा काठमाडौंबाहिर जानुभयो। हामी फोनमा घन्टौं कुरा गथ्र्यौं। त्यसबेला म उहाँ आउने दिन गनेर समय बिताउँथेँ। उहाँ आउने दिन मलाई संसार जितेजस्तो लाग्थ्यो। विवाहलगत्तै मेरो स्नातकोत्तर तहको परीक्षा भएकाले हनिमुन जाने मौका चाहिँ मिलेन। मैले पढाइ छोडेर जानेबारेमा सोच्न पनि सकिनँ। अर्को कुरा, घरमा हामी दुईजनामात्र भएकाले टाढा जानुपर्ने आवश्यकता महसुस भएन। घरमा खुला वातावरण थियो। विवाहपछिका हरेक क्षण रोमान्टिक लाग्थ्यो। हाम्रो विवाह भएको साल तिहारमा बुवासँग उहाँ जुवा खेल्न बाहिर जानुभयो। अहिलेसम्म स्मरण छ, म त्यो रातभर निदाउन सकिनँ।

मलाई हरेक क्षण उहाँ आफ्नैवरिपरि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो। आँखाकै नानीभित्र राखुँजस्तो लाग्थ्यो। एक वर्षपछि छोरा जन्मियो। त्यसपछि बाहिर घुम्न जाने मौका झनै मिलेन। समय मिलेका बेला काठमाडौंवरिपरिका रमाइलो ठाउँतिरचाहिँ हामी घुम्न गइरहन्छौं। अहिले छोरा पनि ठूलो भइसकेको छ। अबचाहिँ समय मिलाएर नेपालबाहिर घुम्न जाने सोच बनाएका छौं। सायद त्यो समयले जीवनमा फेरि एकपटक रोमान्टिक वातावरण सिर्जना गर्नेछ। म अहिले त्यही समयको पर्खाइमा छु।स्रोत ओएस नेपाल

Former King Gyanendra Bir Bikram Shah during an interaction program held at Damak revealed the reason behind quitting kingship in Nepal and living as a normal Nepali within Nepal. He said that change is always needed for betterment and for that with the hope of positive and better change in Nepal, he leaved Kingship and gave the authority in the hand of Nepali but he says that he regrets for his decision as nothing has been changed within 10 years of leaving Kingship. He says that now its time to evaluate what has happened within 10 years and what Nepali have achieved which is needed to be evaluate right now and will figure out whether his decision for change in life of Nepali is good or not. King Gyanendra at an interaction program held in Damak’s tea garden, he said that he felt there is no any positive change in Nepal after he leaved Kingship.

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger