Latest Updates :

फेरी कडा खेले खेलेर प्रचण्डले यति छिट्टै मन्त्री हटाउँदै ! धरापमा को–को ?

SHARE THIS POST :

काठमाडौं,  । आइतबार राति क्याबिनेट बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘अँ ! अहिले विभिन्न प्रकरणमा केही मन्त्रीले काम गर्न सकेनन्, बद्नाम भए, हट्दैछन् भनेर लेखोको पाइयो । कुरा ठीकै हो ।’ अर्कै प्रसंगमा उठेको कुरालाई एकाएक प्रधानमन्त्रीले यसरी व्यक्त गरेपछि केही मन्त्रीले अप्ठेरो मान्न थालिसकेका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

फेरि थपियो, ‘केही मन्त्रीले काम गर्न भ्याएनन्, सकेनन् । यसर्थ अब उनीहरू हट्दै छन् । काम नगर्नेलाई कारवाही गर्नुपर्ने भएको छ । त्यसको उपाय भनेको हटाउने नै त हो ।’

पाँच वर्षे सरकारका कोही मन्त्री त डेढ महिनाका पनि भएका छैनन्, राख्ने र हटाउने भन्न थालिसके । यसपछि प्रधानमन्त्रीले कुरा खोल्नुभयो, ‘अब फोरम सरकारमा आउने नै भयो । आजभोलिमै आउलान् । तिनीहरू पनि त मन्त्रालय दिनुपर्छ ।’

यसरी प्रधानमन्त्रीले भन्न खोजेको कुरा हो, आफूसँग रहेका दुई मन्त्रालय (शहरी विकास र स्वास्थ्य मन्त्रालय) फोरमलाई दिने । ‘प्रधानमन्त्रीले मन्त्रालय राखेर के गर्नु ? काम गर्न भ्याइँदैन । उहाँहरू आउने नै हुनुभयो । आउने भएपछि त्यही दिने !’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger