सप्तरीको वेलाही गाउँपालिका ४ का २२ वर्षिय मिश्रले सुनसरी इहटरी घर भएकी किशोरीलाई वलत्कार गरेका थिए । मोरङ प्रहरीका प्रमुख एसपी अरुणकुमार विसीले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा कायरत स्टाफ नर्सलाई मिश्रले विराटनगरको दुधफारममा रहेको आफनो कोठामा बोलाएर मंगलवार साँझ वलत्कार गरेको बताइएको छ ।किशोरीले वुधवार डा. मिश्र विरुद्ध किटानी जाहेरी प्रहरीमा दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबिच दुई सातअघि मात्र चिनजान भएको बताइएको छ । प्रहरीले मिश्रलाई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ
कञ्चनपुर: एक किशोरी आफ्नै बुवाबाट दिउँसै बलात्कृत
कञ्चनपुर, बैशाख ७ । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकमा एक किशोरी आफ्नै बुवाबाट बलात्कृत भएकी छन् । मंगलबार दिउँसो घरमा कोही नभएका बेला आफ्नै कोठामा सुतिरहेकी १४ वर्षीया छोरीलाई बुवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
दिउँसो घरको माथिल्लो तलामा सुतिरहेकी छोरीलाई बुवाले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । आमा घरमा नभएका बेला बुवाले नै बलात्कार गरेको भन्दै किशोरी आफैं प्रहरीकहांँ पुगेपछि उक्त घटना बाहिर आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बताए । उनका अनुसार किशोरीले नै आफ्ना बुवाको नाममा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
बलात्कृत भएपछि किशोरी आफैं प्रहरीकहांँ पुगेर रुन थालेपछि आरोपितलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साउदले बताए । ‘जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ,’ साउदले भने, ‘बुधबार मुद्दा दर्तासँगै किशोरीको मेडिकल जाँच गरिएको छ ।’