काठमाडौं ।तपाई कुनै घरको कोठा, फ्ल्याट या घर नै भाडा लिएर बसिरहनु भएको छ ? तपाईले तिरेको कुल घर भाडामध्ये स्थानीय तहद्वारा निर्धारण गरिएको घरबहाल कर तिरे नतिरेको थाहा छ तपाईँलाई ? या शंका लागेको छ ? यदि छ भने तपाईले आगामी भदौ १ गतेदेखि कुल भाडामध्ये निर्धारित घरबहाल कर स्थानीय तहको नाममा कटाएर बाँकी रकम घरबेटीलाई तिरे पनि केहि फरक नपर्ने कानुन आउँदैछ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
आगामी भदौ १ देखि लागु हुने मुलुकी देवानी ९संहिता० ऐन, २०७४ र मुलुकी देवानी कार्यविधी ९संहित० ऐन २०७४ अन्तर्गत परिच्छेद ९ मा घरबहाल सम्बन्धी प्रावधान राखिएको छ । उक्त ऐनको ३९२ धारामा भनिएको छ,–“घरधनिको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफंैले बुझाउन सक्नेछ ।”