Latest Updates :

सुनकाण्डमा यसरी जोडियो प्रधानमन्त्री ओलीको नाम, प्रमुख अभियुक्त एसएपी खत्रीले यसरी लिए नाम

SHARE THIS POST :
काठमाडौँ । सुनकाण्डमा निलम्बित एसएसपी श्याम खत्रीले बयानमा प्रधानमन्त्री केपी ओलीको नाम समेत जोडेका छन् । विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतको आदेशमा थुनामा रहेका खत्रीले आफ्नो बयानमा प्रम ओलकिो नामसमेत जोडोका छन् ।


खत्रीले माेरङ जिल्ला अदालतमा दिएकाे बयानकाे अंश
आफूलाई प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी ओलीले ‘दोसल्ला ओढाई सम्मान’ गरेको बताउँदै खत्रीले आफ्नो चरित्र असल रहेको र विभिन्न पुरस्कार तथा सम्मान पाएको प्रसंगमा अहिले प्रधानमन्त्री रहेका ओलीको नाम जोडेका हुन् ।

बयानका क्रममा ‘तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो’ भनी सोधिएको प्रश्नको जवाफमा २०७३ सालको पुससम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपीका रूपमा कार्यरत रहेको बताएका छन् । सेवामा रहँदा राष्ट्रपतिबाट प्रदान गरिने प्रबल श्री चौथो पुरस्कार समेथ पाएको बताउँदै उनले भनेका छन्, ‘दशचोटि पुरस्कार पाएको छु, अहिलेका प्रधानमन्त्री (केपी ओली) समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।’

शनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त बनाइएका बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीलार्इ पक्रियपछि सुन तस्करीको सबै रहस्य खुल्ने बयान दिएका थिए । खत्री यसअघि पनि सुन तस्करी आरोपमा पक्राउ परी छुटेका थिए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger